नियम २४
पीडित र साक्षी संरक्षणको लागि आदेश दिन सक्ने
: (१) बाल अदालतले मुद्दाको कारबाही र सुनुवाइको सिलसिलामा पीडित बालबालिकालाई ऐनको दफा २१५ बमोजिम प्राप्त अधिकारको कार्यान्वयन गर्न तथा साक्षी बालबालिकाको संरक्षणको लागि उपयुक्त आदेश दिन सक्नेछ ।

(२) वाल अदालतले मुद्दाको कनै पनि चरणमा पीडित बालबालिकालाई पुनर्स्थापना गर्न उपयुक्त र आवश्यक आदेश गर्न सक्नेछ ।